साउदीमा एक जनालाई कोरोनाको संक्रमण

kovia-19 corona chinaa
सांकेतिक तस्वीर
लाेकपाटी न्यूज

सीएनएन। साउदी अरेबियामा एक अमेरिकी नागरिकलाई कोरोनाको संक्रमण देखिएको छ। साउदी स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार साउदीमा रहेका एक अमेरिकी नागरिकलाई कोरोनाको संक्रमण देखिएको पुष्टि गरिएको हो।

मन्त्रालयले विज्ञप्तिमा भनेको छ, संक्रमण देखिएका अमेरिकी नागरिक फिलिपिन्स र इटाली घुमेर साउदी अरेबिया पुगेका थिए। अहिले उनको राजधानी रियादस्थित अस्पतालमा उपचार थालिएको छ। मन्त्रालयले उनको नाम र थप सूचना भने सार्वजनिक गरेको छैन।

त्यसैगरी बहराइनका दुई नागरिकसहित तीन जनालाई संक्रमण भएको अल क्वातिफ मन्त्रालयले जनाएको छ। आइतबारदेखि नै उक्त प्रान्तमा आवतजावमा प्रतिबन्ध लगाइएको छ। साउदी अरेबियामा हालसम्म १५ जनालाई कोरोना संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्