‘कोरोनाविरुद्धको लडाइँमा साथमा छौं’

pradip gyawali pic
लाेकपाटी न्यूज

काठमाडौं, २६ फागुन। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चिनियाँ समकक्षीलाई कोरोना भाइरस संक्रमणविरुद्धको लडाइँमा ऐक्यबद्धता जनाएका छन्। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार दिउँसो चिनियाँ समकक्षी वाङ यीलाई टेलिफोन गरी कोरोना भाइरस संक्रमणविरुद्धको लडाइँमा ऐक्यबद्धता जनाएका हुन्।

परराष्ट्र मन्त्रालयले दुई मन्त्रीबीच कुराकानी भएको ट्वीट गर्दै जनाएको छ। फोनवार्तामा मन्त्रीद्वयले नेपाल-चीन द्विपक्षीय सम्बन्धका विषयमा पनि छलफल गरेका थिए।

परराष्ट्र मन्त्रायलले ट्वीटमा चीनका परराष्ट्रमन्त्री यीले उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको पनि उल्लेख गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्