नेपाल चेम्बर र म्यानमार चेम्बर्सबीच व्यापार सम्झौतामा हस्ताक्षर

chembars
लाेकपाटी न्यूज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र द रिपब्लिक अफ म्यानमार फेडेरेसन अफ चेम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रीबिच दुईपक्षीय व्यापारको विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल चेम्बर एक्स्पो २०१८ को सन्दर्भ पारेर गरिएको उक्त समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सको तर्फबाट उपाध्यक्ष नरेश श्रेष्ठ र द रिपब्लिक अफ म्यानमार फेडेरेसन अफ चेम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रीको तर्फबाट सहमहासचिव म्यो थान्टले हस्ताक्षर गरेका थिए ।

समझदारी पत्रपछि दुईपक्षीय ब्यापार र लगानी थप मजबुत बन्ने विश्वास व्यक्त गरिएको छ । हालसम्म नेपाल चेम्बर अफ कमर्सले ६१ वटा बिभिन्न देशको चेम्बर अफ कमर्ससँगको समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ ।