दुई नेपालीमा कोरोना भाइरस संक्रमण

kovia-19 corona chinaa
सांकेतिक तस्वीर
लाेकपाटी न्यूज

काठमाडौं, २६ फागुन। दुईजना नेपाली कामदारलाई संयुक्त अरब इमिरेट्स (युएई)मा कोरोना भनिने कोभिड-१९ भाइरसको संक्रमण देखिएको छ। युएईको स्वास्थ्य मन्त्रालयले सोमवार १४ जनामा थप संक्रमण देखिएको र त्यसमध्ये २ जना नेपाली रहेको पुष्टि गरेको हो।

स्वास्थ्य मन्त्रालयले जारी गरेको वक्तव्यमा ४ जना स्थानीय, ३ इटालीयन नागरिक, २ बंगलादेशी नागरिक, २ नेपाली नागरिक, १ रसियन नागरिक, १ भारतीय र १ सिरियन नागरिकमा कोरोना भेटिएको बताइएको छ। यससँगै युएईमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका १ सय ७ भन्दा बढी मुलुकहरुमा फैलिसकेको छ भने ३ हजार ८ सय ८३ जनाको मृत्यु भैसकेको छ। विश्वभर १ लाख ११ हजार ४ सय ८९ जना सो भाइरसबाट संक्रमित भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्