मुसा र सर्पको झगडाले एक सय गाउँको बिजुली अबरुद्ध !

utet_answer_key_
लाेकपाटी न्यूज

एजेन्सी। भारतको रहिमाबादमा सर्प र मुुसाको लडाइँका कारण एक सय गाउँको विद्युत् सेवा अवरुद्ध भएको छ। भारतको रहिमाबाद उपकेन्द्रको फिडरमा मंगलबार राति एउटा सर्प र मुसा घुसेका थिए।

त्यसपछि उनीहरुको त्यहाँ लडाइँ सुरु भयो।  यसले गर्दा त्यहाँका ग्रामिण क्षेत्रमा २० घण्टासम्म विद्युत् अवरुद्ध भयो।खासमा त्यहाँ त्यति बेला कर्मचारी पनि थिए।

तर, जब मुसा र सर्प लड्न थाले, उनीहरु सबै डराएर भाग्न थाले। हुन पनि त्यहाँबाट एकदम ठूलो आवाज आएको भारतीय मिडिया हिन्दुस्तान टाइम्समा त्यहाँका कर्मचारीले बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्