संसारकै बिचित्रका मानिस, जसको टाउकोमा दुइतिर अनुहार

two-face-man-
लाेकपाटी न्यूज

एजेन्सी । बेलायतमा एकजना यस्ता व्यक्ति थिए जसको टाउकोमा दुईतिर नै अनुहार थियो। एकतिरको अनुहारमा भएका अंगले सबै काम राम्रोसंग गर्न सक्थ्यो भने अर्को्तिरको अनुहारले मुस्कुराउन मात्र सक्थ्यो।

भनौं उनी संसारकै एक यस्ता ब्यक्ति थिए जसको दुईवटा मुहार थियो। टाउको यस्तो थियो कि अगाडीको भागमा पनि अनुहार र पछाडीको भागमा पनि अनुहार नै थियो। ती व्यक्ति बेलायती नागरिक एडवर्ड मोर्दकै हुन्। जसको टाउकोको मुहार एउटा सुत्दा अर्को उठ्ने गर्दथ्यो। उनको जन्मजात नै दुई अनुहार लिएर जन्मिएका थिए। मोर्दकैको पछिल्लो अनुहारले हाँस्ने मात्र गर्छ अरु कुनै प्रतिक्रिया दिने गर्दैनथ्यो।

मोर्दकै को दुई अनुहार देखेर मानिसहरु उनी देखि डराउँथे। कतिपयले त उनलाई राक्षस समेत भने। शल्यकृया मार्फत उनलाई चिकित्सकले टाउको छुट्याउने सल्लाह पनि नदिएका भने होइनन्। तर उनले त्यसो गरेनन्। उनलाई डाक्टरहरुले दिएको सुझाव अनुसार अपरेसन गर्ने चुनौती मोल्न चाहेनन्। अनुहारको कारण उनी निकै चिन्तित थिए। जसका कारण २३ वर्षको उमेरमा नै देह त्याग गरे। उनको निधन अल्पआयुमै भएपनि उनलाई देखेकाहरुले भने अझै पनि उनको स्मरण गरिरहन्छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्