सुनको मूल्य अहिलेसम्मकै महँगो, तोलाको कति ?

लाेकपाटी न्यूज

काठमाण्डौं, २७ फागुन । मंगलबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड राखेको छ। तोलामा दुई सय रुपैयाँ बढेर सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ।

सुन मंगलबार तोलाको ८२ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यसअघि गएको आइतबार सुन तोलाको ८२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेर तोलाको आठ सय ८० रुपैयाँमा झरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्