पत्रकारको आवरणमा लागू औषध तस्करी गर्ने पक्राउ

taskari
लाेकपाटी न्यूज

बारा, २७ फागुन। बारा प्रहरीले पत्रकारको आवरणमा लागू औषध (ड्रग्स)  तस्करी गर्ने २ जनालाई पक्राउ गरेको छ।मोटरसाइकलमा ‘प्रेस’ लेखेर निर्वाध रुपमा नेपाल-भारत सीमा वारपार गर्ने उनीहरुलाई प्रहरीले ९ सय थान लागू औषधका एम्पुलसहित प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका १५ घर भएका ३० वर्षीय जितेन्द्रकुमार सिंह र भारतको बिहार घर भएका २२ वर्षीय नासिर आलम छन्। प्रहरीका अनुसार वीरगञ्ज घर भएका जितेन्द्रले प्रेस लेखिएको ना ६२ प ६२६७ नम्बरको मोटरसाइकलमा ड्रग्स तस्करी गर्ने गरेका थिए।

पछिल्लो समय उनीहरु २ जना बीचको कुराकानी शंकास्पद लागेपछि प्रहरीले चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा लागू औषध फेला परेपछि दुबै जनालाई बाराको जितपुर सिमरा उपमहानगरपालिका-२ स्थित नेपाल विद्युत प्राधिकरणको अगाडिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुको साथबाट लागू ओषध डाइजेपाम ३ सय एम्पुल, नुफिन ३ सय एम्पुल र फेनारगन ३ सय एम्पुल गरी कूल ९ सय एम्पूल बरामद गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्