कोरोना भाइरसले २ सय सैनिकको मृत्यु

kovia-19 corona chinaa
सांकेतिक तस्वीर
लाेकपाटी न्यूज

काठमाडौं। उत्तर कोरियामा कोरोना भाइरसले झण्डै २ सय सैनिकको मृत्यु भएको छ। गत जनवरीदेखि फेब्रुअरी महिनासम्म कोरोना भाइरसका कारण उत्तर कोयिामा १ सय ८० सैनिकको मृत्यु भएको छ।

३ हजार ७ सय सेनालाई क्वारेन्टाइनमा राखिएको हङकङबाट प्रकाशित हुने अंग्रेजी पत्रिका साउथ चाइना मर्निङ पोस्टको अनलाइनले लेखेको छ। चीनको सीमामा खटिएका सेनामा कोरोना देखिएको बेलायत तथा दक्षिण कोरियाबाट प्रकाशित हुने मिडियाले दावी गरेका छन्।

कोरोना भाइरसका कारण सेनाको ज्यान गएकोबारे उत्तर कोरियाले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन। उत्तर कोरियाले हालसम्म आफ्नो देशलाइ कोरोना भाइरस मुक्त भनेर दावी गर्दै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्