बेलायती स्वास्थ्य मन्त्रीलाई कोरोनाको सङ्क्रमण

लाेकपाटी न्यूज

काठमाण्डौ । बेलायतकी स्वास्थ्य मन्त्रीलाई कोरोना सङ्क्रमण भएको छ । कन्जर्भेटिभ पार्टीकी सांसद रहेकी मन्त्री नदिन डोरीजले आफूमा कोरोना भाइरसको सङ्क्रमण देखिएको बताएकी हुन् । डोरीज, कोरोना भाइरसबाट सङ्क्रमित हुने पहिलो संसद् सदस्य हुन् । आफूमा कोरोनाको सङ्क्रमण देखिएपछि स्वास्थ्यमा ध्यान दिएको र घरमै आइसोलेशनमा जसरी बसेको बताएकी छिन् ।

कोरोनाका कारण बेलायतमा ६ जनाको ज्यान गएपछि स्वास्थ्य मन्त्री डोरीजलाई सङ्क्रमण देखिएको हो । योसँगै बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन सय ८२ पुगेको छ । बेलायतमा कोरोनाका कारण छैटौँ व्यक्तिका रुपमा एक जना ८० वर्षीय पुरुषको ज्यान गएको हो ।

स्वास्थ्य मन्त्रीले आफूलाई आफ्नो भन्दा पनि आफूसँगै रहेकी ८४ वर्षीया आमाको स्वास्थ्यलाई लिएर चिन्तित भएको बताएकी छिन् । मङ्गलबारदेखि आमालाई पनि रुघाखोकी लाग्न थालेको उनले बताइन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्