‘सबै विषयको छानबिन हुनुपर्छ म बढी बोल्दिनँ’

Gokul Baskota
लाेकपाटी न्यूज

काठमाडौं, २८ फागुन। पूर्वमन्त्री गोकुल बाँस्कोटाले आफ्नो निवासमा बम विष्फोट भएको घटनामा सबै विषयको छानबिन हुनुपर्ने बताएका छन्। बुधबार बिहान मन्त्री बाँस्कोटाको मध्यपुरथिमि नगरपालिका १ लोकन्थली मनोहरा फाँटस्थित निवासमा शक्तिशाली विष्फोट गराइएको थियो।

‘मैले सम्पूर्ण रुपमा सबै विषयहरुको छानबिन होस् भनेरै राजीनामा दिएको हो, अहिले यो सब कसले र किन गरिरहेको छ, म बढी बोल्दिनँ, यसमा मेरो केही प्रतिक्रिया छैन, सबै विषयको छानबिन हुनुपर्छ, बाँस्कोटाले भने।

सेक्युरिटी प्रिन्टर खरिद प्रक्रियामा ७० करोड कमिसनको मोलतोल गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए। कमिसन प्रकरणमा मुछिएका बाँस्कोटाले राजीनामा दिएपछि उनीलक्षित आक्रमण हुन सक्ने भन्दै प्रहरी अलर्ट थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्