कोरोना प्रकोपः इटालीमा २४ घण्टाभित्र १ सय ६८ को मृत्यु

corona
लोकपाटी न्यूज

एजेन्सी। कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट इटालीमा एकै दिन १ सय ६८ जनाको ज्यान गएको छ। यससँगै इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ सय ३१ पुगेको छ।

अन्तरराष्ट्रिय सञ्चार माध्यम अलजजिराका अनुसार १० हजार बढी संक्रमित भएका छन्। संक्रमण फैलिन नदिन सरकारले ६ करोड नागरिकलाई क्‍वारेन्टाइनमा राखेको छ। उनीहरू ‘सेल्फ क्‍वारेन्टाइन’ मा राखिएका हुन्। इटालीमा चीनपछि सबभन्दा बढी संक्रमण पुष्टि भएको छ।

त्यस्तै इरानमा समेत संक्रमण तीव्र रूपमा फैलिएको छ। त्यहाँ ८ हजार बढीमा संक्रमण पुष्टि भएको छ भने लगभग ३ सयले ज्यान गुमाइसकेका छन्। तर चीन र दक्षिण कोरियामा भने संक्रमण अनुपात घटेको छ।

हालसम्म विश्वभर १ लाख १३ हजारमा संक्रमण पुष्टि भएको छ भने ४ हजार बढीले ज्यान गुमाइसकेका छन्। साथै लगभग ६४ हजार संक्रमित निको भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्