बिरामी कर्णबहादुरलाई अमेरिका बस्ने नेपालीले गरे आर्थिक सहयोग

Karna Batha Help Photos
लाेकपाटी न्यूज

काठमाडौं, २८ फागुन। अमेरिकामा बस्दै आएका नेपालीहरुले बिरामी कर्णबहादुर बाँठामगरको उपचारका निम्ती सहयोग गरेका छन्। धेरैथरि रोगबाट ग्रस्त कर्णबहादुरको उपचारमा सहयोग होस् भन्ने उद्देश्यले टेक्सास अमेरिकामा बस्दै आएका रोल्पा निवासी याशिका बाँठामगर र जीवराज बुढामगरको पहलमा संकलन गरिएको १ लाख २६ हजार ९ सय ८५ रुपैयाँ आज बुधवार बिरामी कर्णबहादुरलाई हस्तान्तरण गरिएको हो।

माडी गाउँपालिका-६ रोल्पा (साविक कोर्चावाङ) निवासी कर्णबहादुर बाँठामगर ९४७० विगत ५ महिनादेखि टिचिङ हस्पिटल महाराजगञ्जमा मृगौला, पत्थरी, जण्डिस रोगको उपचार गराइरहेका छन्। पछिल्लो समय कलेजोमा पनि समस्या देखिएको कर्णबहादुरका छोरा महेन्द्र बाँठामगरले जानकारी दिए। साथै कर्णबहादुरको परिवारले घरको आर्थिक स्थिती कमजोर भएका कारण उपचारमा सहयोग गर्न समेत आग्रह गरेका छन्।

अमेरिकामा बस्दै आएका नेपालीहरुले एक लाख २६ हजार सहयोग गरेका हुन्। संकलित उक्त रकम पत्रकार देविका घर्ती मगरमार्फत् बिरामी कर्णबहादुरलाई काठमाडौंमा भेटेर हस्तान्तरण गरिएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्