प्रधानमन्त्री ओली र मिर्गौलादाता समीक्षा भेटाउने तयारी

फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौलादाता समीक्षा संग्रौलाले बुधबार भेट्ने भएकी छिन्। ‘लिभर आईसीयू’ मा गएर समीक्षाले मामासमेत रहेका प्रधानमन्त्री ओलीलाई भेट्ने तयारी गरिएको प्रधानमन्त्री सचिवालय स्रोतले जानकारी दिएको छ।

फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको र बुधबार आफैंले दाह्री काटेको प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने उनकी भान्जी समीक्षा संग्रौलाको स्वास्थ्य अवस्थामा भने उल्लेख्य सुधार आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्