कोरोना भाइरसका कारण इण्डोनेशियामा एकको मृत्यु

kovia-19 corona chinaa
सांकेतिक तस्वीर
लाेकपाटी न्यूज

जकार्ता, २८ फागुन। कोरोना भाइरसका कारण इण्डोनेशियामा एक जनाको मृत्यु भएको छ। कोरोना भाइरस नियन्त्रण एवं रोकथाम कार्यदलले पहिलो पटक इण्डोनेशियार्मा कको मृत्यु भएको पुष्टि गरेको हो।

मृत्यु हुनेमा ५३ वर्षीय विदेशी महिला छिन्।कोरोना भाइरलको संक्रमण देखिनुअघि नै महिलामा उच्च रक्तचाप, फोक्सोमा समस्या र थाइराइडजस्ता स्वास्थ्य समस्या रहेको उक्त कार्यदलका प्रवक्ताले जनाएका छन्।

स्थानीय समयानुसार बुधबार बिहान २ बजे ती बिमारीको मृत्यु भएको जनाइएको छ। मृतकबारे सम्बन्धित दूतावासलाई जानकारी गराइएको भए पनि मृतकको पहिचान सार्वजनिक गरिएको छैन। यस्तै, इण्डोनेशियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २७ पुगेको छ। 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्