प्रधानमन्त्रीलाई मिर्गौला दिएकी समीक्षा डिस्चार्ज

फाइल तस्बिर
  • 66
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौला अस्पतालबाट डिस्चार्ज भएकी छन्। प्रधानमन्त्री ओलीका प्रमूख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार संगौला आज अस्पतालबाट डिस्चार्ज भएकी हुन्।

फागुन १९ मा प्रधानमन्त्रीसँगै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएकी समीक्षा आज दिउँसो डिस्चार्ज भएकी हुन्। स्वास्थ्यमा उल्लेख सुधार आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले बताएको छ।

समीक्षाले डिस्चार्ज हुनुअघि आजै दिउँसो प्रधानमन्त्री ओलीलाई पहिलो ‘भिजिटर’का रूपमा भेटेकी थिइन्। प्रधानमन्त्री ओलीको २१ फागुनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्रीलाई भने केहीदिन अस्पतालमै राखिने भएको छ।

ओलीले को त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गत वुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो। यो उनको दोस्रो प्रत्यारोपण हो। यस अघि २०६४ मा भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्