बुढिगंगा नगरपालिकाको कार्यालयमा आगलागी

Fire
सांकेतिक तस्विर
लाेकपाटी न्यूज

राजेन्द्र बिक/ बाजुरा, २८ फागुन। बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाको कार्यालयमा विद्युत सट भएर आगलागी भएको छ। बुढिगंगा नगरपालिकाको कृषि शाखा भित्र आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

उक्त कार्यालयमा रहेको कम्प्युटरलगायत विभिन्न कागजपत्र तथा सामानहरु जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमूख प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले बताए।

आगोलागी हुँदा अफिसमा राखीएको सामान के कती नष्ट भयो भन्ने कुराको एकीन हुन नसकेको र विस्तृत जानकारी आँउन बाकी रहेको प्रहरी प्रमूख भट्टराईले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्