डब्लुएचओको कोरोना विश्व महामारी घोषणा

Corona
लाेकपाटी न्यूज

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरसको संक्रमण फैलिदै गएको भन्दै महामारी घोषणा गरेको छ। बुधबार डब्लुएचओले विश्व महामारी घोषणा गरेको हो।

डब्लुएचओ प्रमुख डा. टेडरोस अधानोम घेब्रेयससले विगत २ सातायता चीनबाहिर कोरोनाको संक्रमण १३ गुणा बढेको भन्दै महामारी घोषणा गर्ने निष्कर्षमा पुगिएको बताएका छन्। कोरोनाको संक्रमण न्यूनीकरणका लागि गम्भीर चासो र चिन्ता रहेको उनले उल्लेख गरेका छन्।

विश्वका सबै देशले महामारी नियन्त्रण गर्न केही न केही उपाय अपनाउनुपर्ने देखिने बताएका छन् । कोरोना भाइरसका कारण १ लाख १० हजार भन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने करिब ४ हजार मानिसको मृत्यु भइसकेको छ।

मृत्यु हुनेमा सबैभन्दा बढी चीनियाँ छन् भने इटली दोस्रो स्थानमा छ। इटलीले महामारी घोषणा गर्दै करिब ६ करोड जनतालाई घरभित्रै रहन निर्देशन दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्