आजको मौसम: मेघगर्जन र चट्याङसहित वर्षाको संभावना

weather
symbolic photo
लाेकपाटी न्यूज

काठमाडौं । पश्चिमी तथा मध्य पहाडी भू-भागका केहि स्थानहरुमा मेघ(गर्जनरचट्याङ सहित वर्षाको संभावना रहेकोले आवश्यक सतर्कता अपनउन मौसम पूर्वअनूमान महाशाखाले आग्रह गरेको छ । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेकाले देशको पश्चिमी भू-भागमा सामान्य बदली र अन्य पहाडी भेगमा आँशिक बदली रहेने महाशाखाले जनाएको छ ।

बिहिबार दिउँसो देशको पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहने छ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा दिउसो र साँझपख मेघ-गर्जनरचट्याङ सहित वर्षाको संभावना छ। रातको समयमा देशका पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहनेछ। पहाडि भ-(भागका थोरै स्थानहरुमा मेघ-गर्जनरचट्याङ सहित वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार दिउँसो देशकाभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी भू-भागका धेरै स्थानहरूमा मेघ-गर्जनरचट्याङ्ग सहित बर्षाको सम्भावना रहेको छ। केहि स्थानमा असिनारहावाहुरी को समेत सम्भावना रहेको छ। मध्य र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जनरचट्याङ सहित वर्षाको संभावना छ। रातको समयमा देशकाभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी भू-भाग लगाएत मध्य का धेरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग र असिनारहावाहुरी सहित बर्षाको सम्भावना रहेको छ। पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जनरचट्याङ सहित वर्षाको संभावना रहेको महाशाखाले जनाएको  छ।

शनिबार दिउँसो देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी र पूर्वी भू-भागका केहि स्थानहरूमा मेगर्जनरचट्याङ्ग सहित बर्षाको सम्भावना रहेको छ। केहि स्थानमा असिनारहावाहुरी को समेत सम्भावना रहेको छ। रातको समयमा देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग र असिनारहावाहुरी सहित बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्