बेलायतबाहेक युरोपका सबै देशबाट अमेरिका आवागमनमा प्रतिबन्ध

Donald Trump
लाेकपाटी न्यूज

काठमाडौं, २९ फागुन। अमेरिकाले बेलायत बाहेक युरोपका सबै मुलुकबाट यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेको छ।
कोरोनाभाइरसको संक्रमण रोक्न भन्दै अमेरिकाले यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेको हो।

एक टेलिभिजन सम्बोधनमार्फत् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घोषणा गरेका हुन्। शुक्रबार साँझदेखि लाग्ने यो प्रतिबन्ध एक महिनासम्म कायम रहनेछ। अत्यावश्यक यात्राका लागि बेलायतमा प्रतिबन्ध लागू नहुने ट्रम्पले बताएका छन्।

यसअघि एक ट्विटमार्फत् ट्रम्पले कोरोना भाइरसको चुनौतीसँग लड्न तयार रहेको बताएका थिए। अमेरिकामा कोरोना भाइरसका कारण ३८ जनाको मृत्यु भएको छ भने १३ सय ३७ जनामा संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्