गैसस महासंघको अध्यक्षमा जितराम, केन्द्रीय सदस्य को-को चुनिए ?

Jitram Lama
लाेकपाटी न्यूज

काठमाडौं, १७ मंसिर । गैर सरकारी संस्था महासंघ नेपालको केन्द्रीय अध्यक्षमा जितराम लामा चयन भएका छन् ।

काठमाडौंमा भएको नवौँ जिल्ला महाधिवेशनमार्फत लामा लोकप्रिय मत प्राप्त गरी लामा अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघि महासंघको केन्द्रीय कोषाध्यक्ष रहेका लामाले ५५७ मतका पाएका हुन् ।

अध्यक्षमा निर्वाचित भएपछि लामाले देशभरका सामाजिक संघसंस्थाहरुको संस्थागत विकासका लागि काम गर्ने प्रतिबद्धता जनाए । ‘हामी राज्यका हरेक लक्ष्यमा सारथी बनेर अघि बढ्छौँ । सामाजिक संस्थामार्फत सुःखी नेपाली, समृद्धि नेपाल भन्ने सरकारको नारालाई पूरा गर्न गाउँसम्म अभियान सञ्चालन गर्ने छौँ,’ उनले भने ।

Lama Pannelu

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ध्रुव प्रसाद देव, उपाध्यक्षमा सुमित्रा सुवेदी, महासचिवमा राम प्रसाद सुवेदी, उपमहासचिवमा दिनेश चौधरी र अर्जुन भट्टराई, सचिवमा भावना भट्ट, देवीप्रसाद तिमल्सिना, बैधनाथ चौधरी, शाेभा राम डाँगी, उमेश विक, धर्म पाठक र डिल्लु घिमिरे चुनिएका छन् ।

त्यस्तै कोषाध्यक्षमा विष्णु थाकाली निर्वाचित भएका छन् । निर्वाचन मार्फत ४७ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।