कुवेतको हवाई सेवा बन्द, कामदारलाई दुई साता बिदा

Kuwait udan
लाेकपाटी न्यूज

काठमाडौं, २९ फागुन। विश्वव्यापी रूप लिइरहेको कोरोना भाइरस नियन्त्रण अभियानअन्तर्गत कुवेतले सबै व्यावसायिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ। त्यस्तै कर्मचारीहरूलाई पनि दुई साता बिदा दिइएको छ।

त्यसैगरी, बजार, क्याफे, हेल्थ क्लबलगायतका स्थानमा भेला हुन पनि त्यहाँको सरकारले प्रतिबन्ध लगाएको छ। शुक्रबारदेखि लागू हुनेगरी व्यावसायिक हवाई सेवा बन्द गरिएको हो। कुवेत सरकारका अनुसार, कुवेत सिटी अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै व्यावसायिक उडान शुक्रबारबाट बन्द रहनेछन्।

यद्यपि, कार्गो सेवासँगै विदेशबाट नागरिक उद्धार गर्ने विमान भने यो निर्णयबाट प्रभावित नहुने त्यहाँका सरकारी प्रवक्ताले जनाएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्