एक महिना सीमा बन्द गर्ने भारतको तयारी

प्रतिनिधि तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। भारतले कोरोना भाइरसको संक्रमण फैलन नदिन एक महिनाको लागि सीमा बन्द गर्ने निर्णय लिएको छ। मध्यराति १२ बजेबाट लागू हुने गरी अप्रिल १५ सम्मका लागि भारतले सबै सीमा बन्द गर्ने निर्णय लिएको हो।

इन्डियन एक्सप्रेसका अनुसार भारतले विदेशीलाई भिसा समेत रद्द गरेको छ। कुनै पनि विदेशी पर्यटक भारत प्रवेश गर्न पाउनेछैनन्। आफ्ना नागरिकलाई समेत विदेश यात्रा नगर्न भन्दै स्थल सीमा जोडिएका देशहरूबाट समेत यात्रा प्रतिबन्ध लगाउँदै निश्चित चेकप्वाइन्टमा निगरानी र चेक जाँचलाई अझ चुस्त दुरुस्त बनाउने निर्णय लिएको छ। मानिसको यात्रामा कडाइ गरिने भएको छ।

कोरोना भाइरस सर्न नदिन यस्तो निर्णय लिइएको जनाइएको छ। विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसलाई महामारी घोषणा गरेपछि भारतले बुधवार साँझ नै कडा निर्णय लिएको हो। भारतले अहिले भइरहेको भिसा, कूटनीतिक, अन्तर्राष्ट्रिय संघसंस्था, रोजगार, प्रोजेक्ट भिसालाई भने रद्द नगर्ने भएको छ उसले गैर आवासीय भारतीय कार्डधारीलाई निःशुल्क यात्रा भिसा दिँदै आएकोमा एक महिनाका लागि रद्द गरेको छ। यो सबै निर्णय शुक्रबारबाट लागू हुनेछ।

भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेको छ बुधबारसम्म ६० जनालाई भाइरसको संक्रमण देखिएको थियो। संक्रमितहरुमा भारत प्रवेश गरेका विदेशी र विदेशबाट भारत पुगेका भारतीय नागरिक नै छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्