कांग्रेस नेता चौधरीले दिए राजीनामा

Umakanta-Chaudhary pic
लाेकपाटी न्यूज

काठमाडौं, २९ फागुन। नेतृत्वको प्रस्तावमाथि असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस अनुशासन समिति सदस्यबाट उमाकान्त चौधरीले राजीनामा दिएका छन्। भिष्मराज आङदेम्बेको संयोजकत्वमा रहेको अनुशासन समितिमा किशोरसिंह राठौर, देवेन्द्रराज कँडेल, धनराज गुरुङ र उमाकान्त चौधरी सदस्य रहेका थिए।

पार्टीका कार्यकर्तालाई नेतृत्वले गरेको कारबाहीप्रति असन्तुष्टि जनाउँदै चौधरीले बुधबार राजीनामा दिएका हुन्। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, डडेल्धुराका सभापति कर्ण मल्ल, कैलालीका नेता पुष्करनाथ ओझालाई गरेको कारबाहीप्रति उनले असन्तुष्टि जनाएका थिए।

जोशीविरुद्ध पौडेललाई हराउन भूमिका खेलेको, ओझाविरुद्ध आरजु राणा देउवालाई हराउन भूमिका खेलेको र मल्लले पार्टीको निर्देशन नमानेको भन्दै सम्बन्धित जिल्ला समितिबाट कारबाहीका लागि सिफारिस गरिएको थियो। उनीहरुलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रस्तावमा चौधरीले असहमति जनाएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्