कोरोना त्रास: भारत जान १४ दिनसम्म निगरानीमा बस्नु पर्ने

kovia-19 corona chinaa
सांकेतिक तस्वीर
लाेकपाटी न्यूज

काठमाडौं, २९ फागुन। भारतले बुधवार विश्वका सबै देशका लागि जारी गरिएको भिसा रद्द गरेको छ। यो भिसा १५ अप्रिल सम्मको लागि रद्द गरिएको हो।

कोरोना भाइरसको संक्रमण फैलन नदिन भारतले यस्तो महत्वपूर्ण कदम चालेको हो। तर, भारत फर्कन चाहनेले स्क्रीनिङ गरेर १४ दिन सम्म निगरानीमा बस्नु पर्नेछ। स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको एडवाइजरीमा १३ मार्च सम्मका लागि जारी भिसा रद्द गरिएको छ।

तर, संयुक्त राष्ट्र संघका अधिकारी, डिप्लोम्याटलगायतका सरकारी अधिकारीलाई प्रवेश दिइनेछ। जो व्यक्ति अहिले भारतमा छन् उनीहरुको भिसा जारी रहने छ। चीन इटली इरान कोरिया स्पेन जर्मनीसहित अन्य सबै देशको यात्रा गरेर फर्किएका भारतीयको स्क्रीनिङ जाँच हुने र उनीहरुलाई १४ दिनसम्म निगरानीमा राखिने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्