इटलीमा एक खेलाडीलाई कोरोना संक्रमण

Corona virus (Covid-19)
  • 19
    Shares
लाेकपाटी न्यूज

काठमाडौं । इटलीमा एक खेलाडीलाई कोरोनाको संक्रमण भएको छ। इटालियन क्लब युभेन्ट्सबाट खेल्ने डिफेण्डर ड्यानिएल रुगानीमा कोरोना भाइरसको संक्रमण भएको हो।

परीक्षणका क्रममा उनलाई कोरोना पोजिटिभ भेटिएको। युभेन्टसले पनि रुगानीलाई कोरोना भएको जनाएको छ। रुगानीमा हाल कुनै समस्या नदेखिए पनि परीक्षणमा भने उनलाई कोरोना भएको देखिएको हो।

सिरि ए क्लबले कानून अनुसार रुगानीको उपचारको सबै प्रक्रिया सुरु गरिएको जनाउँदै उनीसँग सम्पर्कमा रहेका सबै व्यक्तिलाई विशेष निगरानीमा राखिएको जनाएको छ।

क्लबले २५ वर्षीय रुगानीको अवस्था सुधारोन्मुख रहेको बताएको छ। सरकारले अप्रिल ३ सम्म सबै खेलकुद गतिविधि स्थगित गर्ने निर्णय गरिसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्