भवन ढल्दा क्वारेन्टाइन बसेका २९ को मृत्यु

CHINA-ACCIDENT-HOTEL
  • 21
    Shares
लाेकपाटी न्यूज

एजेन्सी। चीनको दक्षिणपूर्वी भागमा एक क्वारेन्टाइन होटल ढल्दा त्यसमा चेपिएर २९ जनाको मृत्यु भएको छ।होटलका रुपमा प्रयोग भएको भवनलाई कोरानाभाइरस संक्रमितको आशंका भएका व्यक्ति लागि क्वारेन्टाइन राख्न प्रयोग गरिएको थियो।

शनिबार भवन ढल्दा त्यसभित्र ८० मानिस थिए। नौ व्यक्ति तत्कालै उम्कन सफल भएका थिए भने ७१ मानिस भग्नावशेषमा पुरिएका थिए। पाँच दिने उद्दार अभियानका क्रममा सम्पूर्ण ७१ जनाको पहिचान भएको सरकारी मिडियाले बताएका छन्।

भवन लड्दा, भवनमा रहेका ८० मध्ये ५८ व्यक्ति संक्रमणको आशंकामा क्वारेन्टाइमा बसिरहेका थिए। तथापि ती सबैको परीक्षणका क्रममा कोरोनभाइरस नेगेटिभ देखिएका थियो। अघिल्लो हप्ता चीनको दक्षिणपूर्वी भागमा एक क्वारेन्टाइन होटल ढलेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्