प्रेस सङ्गठन पश्चिम रुकुमको जिल्ला भेला सम्पन्न

लोकपाटी न्यूज

रुकुम। प्रेस सङ्गठन नेपाल रुकुम (पश्चिम) को पहिलो भेला तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। पूर्व प्रेस सेन्टर र प्रेस चौतारीबीचको एकता भएपश्चात् जिल्लामा भएको यो पहिलो कार्यक्रम हो। भेलामा जिल्ला शाखाका संयोजक, सह संयोजकसहित जिल्ला सदस्यहरूलाई शपथ ग्रहण गराइएको छ।

उनीहरूलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज राजकुमार शर्माले शपथ खुवाएका थिए। शर्माले समयसापेक्ष सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गरे। प्रेस सङ्गठन नेपाल प्रदेश ५ का इञ्चार्ज धुब्र विक्रम बुढाथोकीले पत्रकारले काम गर्दा आफ्नो धर्म कहिल्यै भुल्न नहुने बताए।

पछिल्लो समय पत्र कारितामाथिको विश्वसनीयता कम हुँदै गएकोले यसतर्फ सजग हुनुपर्ने उनको भनाइ थियो। देश बनाउने अभियान र देश बनाउने नेता रुकुमले जन्माएको उल्लेख गर्दै उनले प्रेस सङ्गठनलाई दरिलो बनाएर लैजानु पर्ने उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्