मुस्लिम संगठन नेपाल प्रदेश पाँचको प्रथम एकता भेला तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

pradesh 5 mushlim
लाेकपाटी न्यूज

बुटवल, २९ फागुन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट दुई मुस्लिम संगठनबीच एकता भएको छ। तत्कालिन एमाले निकट मुस्लिम इतिहात संगठन र तत्कालिन माओवादी निकट मुस्लिम मुक्ति मोर्चा नेपालबीच एकता भएको हो।

एकतापछि बनेको मुस्लिम संगठन नेपाल नामक संगठन गठन निर्माण गरिएको छ। गत फागुन ११ गते दुई संगठनबीच एकता भएको थियो। सोही मुस्लिम संगठन नेपाल प्रदेश पांचका पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराइएको छ। प्रदेश पांचका मूख्यमन्त्री शंकर पोखरेलले बिहीबार एक कार्यक्रमकाबीच सपथग्रहण गराएका हुन्।

त्यस अवसरमा बोलदै मुख्यमन्त्री शंकर पोखरेलले बलियो कम्युनिष्ट पार्टी बनाउने गरी दुई पार्टीबीच एकता भएको बताए। उनले जनताका अगाडि पार्टीलाई सशक्त बनाउने गरी पार्टीका नीति तथा कार्यक्रमहरुलाई जनताबीच लैजाने गरी काम गर्न मुस्लिम संगठनमा आवद्धहरुलाई आग्रह गरे। कोरोना भाइरसको प्रकोपकबारे सचेत बन्न र सबैसँग नमस्ते गर्ने बानीको विकासमा ध्यान दिनुपर्ने बताए।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य हकिकुल्ला खां, नेकपा केन्द्रीय सदस्य तथा मुस्लिम संगठन नेपाल प्रदेश पाँचका इञ्चार्ज महमद हारुन, गण्डकी प्रदेश ईञ्चार्ज ताज मियां, केन्द्रीय संयोजक सरोज अहमद फारुकी, प्रदेश पाँचका सह(इञ्चार्ज निर्दोष ओली, कुटमदिन ओली, हालिम शाहा लगायतले बोल्दै मुस्लिम आयोगलाई मुस्लिम समूदायको हितमा हुनुपर्नेमा जोड दिए।

मुस्लिम समूदायबीचको एकता र आपसी सद्भाव कायम गर्नुपर्नेमा उनीहरुले जोड दिए। मुस्लिम समुदायका छोराछोरीहरुलाई उच्च शिक्षामा आकर्षित गर्नुपर्ने र त्यसका लागि वर्तमान शिक्षा नीति परिवर्तन गर्न मुस्लिम समूदायका अगुवाहरुले सरकारसंग माग गरेका छन्। रेयाज अहमदको अध्यक्षता र मिर्जा असरदको सञ्चालनमा कार्यक्रम भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्