डलरको भाउ आजसम्मकै महँगो

dollar
लाेकपाटी न्यूज

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि अमेरिकी १ डलर बिक्रीदर एक सय १९ रुपैयाँ ४ पैसा तोकेको छ । अमेरिकी डलर अहिलेसम्मकै महँगो भएको हो ।

बिहीबार १ अमेरिकी डलरको बिक्रीदर एक सय १८ रुपैयाँ १२ पैसा थियो । यस्तै बिहीबार एक सय १७ रुपैयाँ ५२ पैसा रहेको एक अमेरिकी डलरको खरिद दर शुक्रबार एक सय १८ रुपैयाँ ४४ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ । यो मूल्य बिहीबारको भन्दा ९२ पैसा बढी हो ।

विश्वमा अहिले कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै अर्थबजारमा अस्थिरता सिर्जना भएको छ । त्यसैको असर अमेरिकी डलरमा पनि परेको हो ।
शेयर मार्केट खस्केको, कच्चा तेलको भाउमा गिरावट आएको, सुनमा लगानी गर्नेहरु बढेको लगायत कारणले अमेरिकी डलरको भाउ बढेको हो ।

सुनको माग बढिरहेको र सुन डलरमा कारोबार हुने भएकोले यसको असर प्रत्यक्षरुपमा डलरमा देखिएको हो । अमेरिकाले कोरोना भाइरसबाट अर्थतन्त्रमा हुन सक्ने सम्भावित दुर्घटनालाई ध्यानमा राखेर ब्याजदर घटाइदिएको छ । जसको कारण डलरको भाउ उच्च हुन गएको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्