ट्रायल दिने नक्कली प्रशिक्षार्थी पक्राउ

arrested
लोकपाटी न्यूज

काठमाडौं, ३० फागुन । अर्काको नाममा सवारी अनुमतिपत्र ( लाइसेन्स ) को ट्रायल दिने दुई नक्कली प्रशिक्षार्थीलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। नेपाल ड्राईभिङ सेन्टर चाबहिलमा सञ्चालन भएको मोटरसाइकलको ट्रायल दिन गएका उनिहरुलाइै महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले पक्राउ गरेका हो।

पक्राउ पर्नेमा कैलालीका जनक न्यौपाने र दार्चुलाका सुभाससिंह धाँमी रहेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार उनिहरु अर्काको नाममा आफ्नो फोटो टाँसेर ट्रायल दिन आएका थिए । पक्राउ परेका न्यौपानेले बाजुराका कुन्का थापाको नाममा ट्रायल दिन आएको अनुसन्धानमा खुलेको छ । धाँमीले थापालाई ट्रायल पास गरिदिने भन्दै सम्पर्कमा ल्याएर न्यौपानेलाई ट्रायल दिन लगाएको महाशाखाले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई मुलुकी अपराधसंहिता ऐन २०७४ को लिखतसम्बन्धी कसुर अपराधअनुसार थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरीवृत्त गौशाला पठाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्