कोरोनाबारे जानकारी लिन १११५ नम्बरमा फोन गर्नुहोस्

kovia-19 corona chinaa
सांकेतिक तस्वीर
लाेकपाटी न्यूज

काठमाडौं, ३० फागुन। अब कोरोना भाइरसबारे जानकारी लिनको लागि फोन गर्न सकिने भएको छ। तपाईंलाई केही जानकारी आवश्यक परेमा अब फोन गर्न सक्नुहुनेछ।

शुक्रबारबाट सरकारले कोरोना भाइरसबारे नागरिकलाई जानकारी गराउन ‘कल सेन्टर’ सञ्चालनमा ल्याउने भएको छ।रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डेका अनुसार कोरोना भाइरसबारे नागरिकको चासो र गुनासो सुन्न यस्तो सेवा सुरू गर्न लागिएको हो।

उनका अनुसार कसैलाई कोरोनाबारे जान्न मन भएमा १११५ नम्बरमा कल गर्न सकिने छ। कल सेन्टरलाई २४ सैं घण्टा सञ्चालनमा ल्याइने उनले बताए। कल सेन्टरमा रहेका कर्मचारीले मानिसहरुले सोधेका प्रश्नहरुको जवाफ दिने उनले जानकारी बताए। त्यसका लागि ६ जना कर्मचारी रहेन उनले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्