कोरोना संक्रमणको आशंकामा युक्रेनी नागरीकलाई नेपाल प्रवेशमा रोक

लोकपाटी न्यूज

काठमाडौं, ३० फागुन। कोरोना संक्रमण भएको आशंकामा दुई युके्रनी नागरीकलाई पूवी नाका काँकरभिट्टाको अध्यागमन कार्यालयले प्रवेशमा रोक लगाएको छ। भारतको विभिन्न सहर भ्रमण गरी काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गर्ने क्रममा स्वास्थ्य परिक्षणमा उच्च ज्वरो देखिएपछि अध्यागमनले उनिहरुलाई फिर्ता गरिएको हो।

फिर्ता हुनेमा युक्रेनी नागरीक ४३ वर्षीया ओलेना क्लिन्चो र उनका श्रीमान् ३४ वर्षीय एनड्रीन लार्जेगिन रहेका छन। उनिहरु भारतको सिक्किम, दार्जिलिङलगायतका सहर भ्रमण गरी नेपाल प्रवेश गर्न प्रक्रिया पूरा गर्ने क्रममा रहेका थिए।
परिक्षणको क्रममा उच्च ज्वरो देखिएका उनिहरुलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउन लागिएको थियो । तर, उनीहरुले आइसोलेसनमा बस्न नमानेपछि सहमतिमा नै भारत फर्काइएको अध्यागमन कार्यालयले बताएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्