कोरोनाको आशंकामा एक व्यक्ति सेती अस्पतालको आइसोलेसनमा भर्ना

kovia-19 corona chinaa
सांकेतिक तस्वीर
लाेकपाटी न्यूज

धनगढी, ३० फागुन। एक व्यक्तिलाई कोरोनाभाइरसको आशंकामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ। चीनबाट फर्किएका ती व्यक्तिमा ज्वरो र छाती दुख्ने समस्या देखिएपछि उक्त व्यक्तिलाई बिहीबार आइसोलेसनमा भर्ना गरिएको अस्पतालका चिकित्सक जगदिश जोशीले जानकारी दिए।

चिकित्सक जोशीले नमूना परीक्षणको लागि आज काठमाडौं पठाइएको बताए। यसअघि तीन जना कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको थियो।

अहिले सेती प्रादेशिक अस्पतालमा दुइटा आइसोलेसन बेड छन्। काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोनाको परीक्षण गर्न मिल्ने छ। त्यसैले देशभरि जुन ठाउँको पनि परीक्षण गर्नुपरे काठमाडौं नै पठाउनुपर्ने हुन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्