आज तोलामा कतिले घट्यो सुनको भाउ ?

लाेकपाटी न्यूज

काठमाडौं, ३० फागुन । नेपाली बजारमा शुक्रबार सुनको भाउ तीन हजारले घटेको छ। निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा शुक्रबार अनपेक्षित रुपमा घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेकाले मूल्य तलमाथि भइरहेको महासङ्घले जनाएको छ। बिहीबार रु. ८१ हजार ५०० मा कारोवार भएको प्रतितोला छापावाल सुन शुक्रबार ७८ हजार ५०० मा झरेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

महासङ्घका अनुसार गत मङ्गलबार तोलाका रु. ८२ हजार ७०० मा कारोवार भएकोे पहेँलो धातुको मूल्यमा बुधबार रु. २०० ले कमी आएको थियो भने बिहीबार रु. ८०० ले घटेको थियो। चाँदीको मूल्यमा पनि रु. ४० ले गिरावट आएको छ। शुक्रबार असली चाँदीको मूल्य रु. ८२० कायम भएको छ। रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्