अमेरिकी सेनाले बुहानमा काेराेना फैलायाे

luchiyan
लाेकपाटी न्यूज

काठमाडौं, ३० फागुन। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले अमेरिकी सेनाले चीनको हुबेईको वुहानमा कोरोना भाइरस भित्र्याएको आरोप लगाएका छन्। चीनमा कोरोना भाइरस (कोभिड-१९) को कारक अमेरिकी सेना भएको बताए।

चाओ लिचियानले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् कोरोना भाइरस चीनको समुद्री खानाबाट नफैलिएको बताएका छन्।शुक्रबार बिहान चाओले क्यानडेली कन्सपाइरेशन वेबसाइटले उल्लेख गरेअनुसार कोरोना भाइरस चीनको समुद्री खानाबाट नफैलिएको उनले बताएका हुन्।

वेबसाइटले यो भाइरस अमेरिकामा निस्किएको दाबी गरेको थियो। आधिकारिक एकाउन्टबाट ट्वीट गर्दै चाओ यसले आफूले यसअघि विश्वास गर्दै आएको कुरालाई पनि परिवर्तन गरिदिएको बताए। यस विषयमा चीनस्थित अमेरिकी दूतावासले भने कुनै प्रतिक्रिया दिएको छैन। गत अक्टोबरमा चीनको वुहानमा इन्टरनेशनल मिलिटरी वल्र्ड गेम्स आयोजना गरिएको थियो, यसमा अमेरिकी सेनाले पनि भाग लिएको थियो। अहिले लगाइएको आरोप सोही प्रतियोगितासँग जोडिएको चीनले बताइएको छ।

चाओले ट्वीटरमा गरेको पोष्टमा अमेरिकाले यस विषयमा पूरा जानकारी नदिएको भन्दै पारदर्शीता देखाउँदै सबै विवरण दिनुपर्ने बताए। गत डिसेम्बरमा चीनको वुहानमा पहिलोपटक कोरोना भाइरस पाइएको थियो। अहिले यसको संक्रमण विश्वका १ सय २४ मुलुकमा फैलिसकेको छ। यसबाट मृत्यु हुनेको संख्या पनि ५ हजारको हाराहारीमा पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्