को हुन् मन्त्री पद्मा अर्याल ?

padma aryal
पद्मा अर्याल एमालेको इतिहासमै पहिलो महिला जिल्ला अध्यक्ष बनेकी थिइन् । सातौं जिल्ला अधिवेशनमा पुरुष प्रतिस्पर्धीलाई उछिन्दै उनी जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य बनिन् । उनले स्याङजा जिल्लाको इन्चार्जको भूमिकासमेत सफलतापूर्वक पूरा गरिन् ।
लाेकपाटी न्यूज

– दीपक भण्डारी

२०४६ को आन्दोलनमा डटेर लागेकी पद्मा अर्याल गिरफ्तार जेल नेल यातनालाई पचाएर जनताको मनमा छाएकी एक कुशल नेत्री हुन् । त्यतिबेला पुलिसले हिर्काएको काँडेलौरीको दाग अझै मेटिएको छैन । त्यही यातनाका कारण उब्जिएको ढाडको समस्या पूर्ण रुपले निको भएको छैन । जनआन्दोलन पूर्व नै उनी अर्धभूमिगत रुपमा राजनीतिमा सक्रिय थिइन् । बहुदल आएपछि पार्टीमा पूर्णकालीन कार्यकर्ता बनिन् उनी । तिनै नेतृ अर्याल अहिले नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री छिन् ।

स्याङ्जाको थुमपोखरामा वि.सं. २०२५ पुसमा जन्मिएकी पद्मा अर्याल स्याङजा क्षेत्र नं.–२ बाट नेकपा एमालेको तर्फबाट निर्वाचित सांसद हुन् । उनले पूर्णामृत भवानी उच्च माविबाट एसएलसी र भक्तपुर बहुमूखी क्याम्पसबाट बिएडसम्मको अध्ययन पूरा गरेकी छिन् । अर्याल तत्कालीन नेकपा एमालेको स्याङ्जा जिल्ला अध्यक्ष, इन्चार्ज हुँदै अहिले नेकपाको केन्दीय सदस्य छिन् । सातौं जिल्ला अधिवेशनमा पुण्यप्रसाद भुसाललाई पराजित गर्दै उनी एमालेको एकमात्र निर्वाचित महिला जिल्ला अध्यक्ष बनेकी थिइन् । सामान्य परिवारबाट राज्यको माथिल्लो तहमा पुग्ने एक सङ्घर्षशील नेत्री हुन् पद्मा अर्याल ।

२०३९ सालमा तत्कालीन मालेको सम्पर्कबाट उनी राजनीतिमा लागिन् । २०४० मा अनेरास्ववियु पाँचौंमा संलग्न भइन् उनी । २०४३ सालमा मालेले निर्वाचन उपयोगको नीति लिएपछि उनी जनपक्षीय उम्मेदवारको प्रचारमा लागिन् । २०४५ मा युवा लिगको सदस्य बनिन् । कांग्रेसको उर्भरभूमि मानिने स्याङ्जामा उनले निरन्तर जनपक्षीय राजनीतिका निम्ति सङ्घर्ष गरिरहिन् ।

पद्मा अर्याल एमालेको इतिहासमै पहिलो महिला जिल्ला अध्यक्ष बनेकी थिइन् । सातौं जिल्ला अधिवेशनमा पुरुष प्रतिस्पर्धीलाई उछिन्दै उनी जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य बनिन् । उनले स्याङजा जिल्लाको इन्चार्जको भूमिकासमेत सफलतापूर्वक पूरा गरिन् । अर्याल ०५४ मा वडा सदस्यका रुपमा विजयी भएकी थिइन् । यसरी राजनीतिको पिँधको जिम्मेवारी सफलतापूर्वक पूरा गर्दै अघि बढेकी उनी ओली सरकारमा महत्वपूर्ण मन्त्रालयको नेतृत्व गरिरहेकी छिन् ।

अर्याल २०६४ मा समानुपातिक सभासद् बनेकी थिइन् । महिला सशक्तिकरणमा अग्रणी भूमिका खेलेका अर्याल ‘अधिकार आफैं संघर्ष गरेर लिनुपर्ने’ बताउँछिन् । महिलाले उत्साही भएर अघि बढे जुनसुकै जिम्मेवारी सम्हाल्न सक्षम हुने उनको भनाइ छ । राजनीतिमा आदर्श र नयाँपन रुचाउने उनी प्रष्टवक्ता र निर्भिक स्वाभावकी नेतृ हुन् ।

पद्मा अर्याल एमालेको इतिहासमै पहिलो महिला जिल्ला अध्यक्ष बनेकी थिइन् । सातौं जिल्ला अधिवेशनमा पुरुष प्रतिस्पर्धीलाई उछिन्दै उनी जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य बनिन् । उनले स्याङजा जिल्लाको इन्चार्जको भूमिकासमेत सफलतापूर्वक पूरा गरिन् ।

उनलाई राजनीतिमा लाग्न सहज थिएन। परिवारभित्रै सङ्घर्ष गर्नुपरेको अनुभव छ उनीसँग । छिमेकीले छोरी बिग्रिएको खबर फैलाउँथे। तर, यस्तो खबर उनका बाबुलाई असैह्य लाग्दैनथ्यो। प्रहरीले पक्राउ गरेपछि गाउँलेले उनको परिवारलाई छोइछिटो गर्ने प्रयास गरे । मुखिया परिवारबाट पहिलोपटक बाहिर आएर राजनीति गर्ने उनको साहस चर्चाको विषय बन्यो।

राजनीतिक पृष्ठभूमिकै परिवारमा विवाह भएकाले उनलाई थप सहज भयो। जिल्ला अध्यक्ष निर्वाचित हुँदा पार्टी चलाउने कुरामा उनलाई चिन्ता थिएन । बरु, महिला भएकै कारण हेर्ने दृष्टिकोणले फरक पार्छ कि भन्ने लाग्थ्यो। तर त्यस्तो स्थिति आइपरेन, उनी समग्र जिल्ला अध्यक्षमध्ये सफल अध्यक्षमा दर्ज भइन् ।

समाज महिलामैत्री बन्दै गएकाले महिलाले क्षमता विकास गर्नुपर्ने उनको मान्यता छ। समाज धेरै परिवर्तन हुन सकेको छैन । तर, सामाजिक चिन्तनलाई महिलाले नै परिवर्तन गर्नुपर्ने उनी बताउँछिन् । ‘आफैं सङ्घर्ष गरेर अधिकार लिनुपर्छ, अरुले दिँदैनन्’ भन्ने मान्यता राख्छिन् अर्याल। उत्साही भएर अघि बढे महिलाले जुनसुकै बागडोर सम्हाल्न सक्ने उनको ठहर छ ।

भूमिसुधार मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी सम्हालेकी उनले मन्त्रालयमा नीतिगत र व्यवहारिक सुधारका प्रयास थालेकी छिन् । विकासे मन्त्रालय र प्रशासनिक विषयमा बढी ध्यान दिनुपर्ने भएकाले नतिजा देखिन समय त लाग्छ नै । मन्त्री अर्यालका प्राथमिकता यस्ता छन् ।

मन्त्री अर्यालसँग निर्वाचित वडा अध्यक्षदेखि पार्टी र सत्ताका विभिन्न अङ्गमा काम गरेको अनुभव छ । उनी चर्चाका लागि प्रचार मात्र गर्ने काममा लाग्दिनन् । नीतिगत र रणनीतिक सुधारका विषय नै उनको प्राथमिकतामा पर्ने गरेका छन् । अहिले उनी भूमि व्यवस्था र सहकारी सम्बन्धि ऐनहरुको पूर्णता, संशोधन र त्यसअनुकूल मन्त्रालयले निर्देशिका बनाउने काममा केन्द्रित छिन् ।

अर्यालले मन्त्री बनेपछि महिला लक्षित आत्मनिर्भरउन्मूख परियोजनामा वित्तीय लगानी बढाउन जोड दिँदै आएकी छिन् । उनले लघुवित्त संस्थालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र प्रधानमन्त्री गरीबी निवारण कोषसँग हातेमालो गरी अगाडि बढ्न सुझाएकी छिन् । हरेक योजनामा युवा र महिलालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने मान्यता राख्छिन् उनी ।

आम नागरिक मालपोत र नापीलाई ‘घुसको अड्डा’ ठान्छन् । बिग्रँदै गरेको मालपोत र नापीको छविलाई सुधार्न, सुशासन कायम गर्न, भ्रष्टाचारमुक्त मालपोत र नापी घोषणा गर्न राष्ट्रिय अभियानमा छिन् अर्याल । त्यो अभियानबाट तेस्रो पक्षको प्रभावलाई कमजोर बनाएर लेखापढी व्यवसायीहरू मालपोत र नापी कार्यालयमा परिचयपत्रका साथ मात्रै प्रवेश गर्न पाउने व्यवस्था सुरु भएको छ ।

सुकुम्बासी समस्या समाधान गर्न आवासबिहिनलाई फिल्डमै गएर आवास उपलव्ध गराउने उनको योजना छ । संविधानले सबै नागरिकलाई आवासको अधिकार उपलब्ध गराउने सङ्कल्प गरेको छ । संविधानको सङ्कल्प व्यवहारमा ढाल्न उनले आफ्नो गृहकार्य थालेकी छिन् ।

अहिले मालपोत र नापीमा पूराना फाइलहरु खोज्न हप्तौं लाग्ने परिस्थिति छ । भूमि प्रशासनलाई उच्च प्रविधियुक्त बनाउने योजनामा छिन् मन्त्री अर्याल । सरलीकृत फाराम त्यसको प्रारम्भिक सङ्केत थियो । तर, अहिले फारामको मुद्दा सर्वोच्चमा विचाराधीन छ । मन्त्री अर्यालले जग्गा सम्बन्धि सम्पूर्ण काम अनलाइनबाटै गर्ने र निकट भविष्यमा ‘पेपरलेस’ अड्डा बनाउने तयारीमा छिन् ।

आम नागरिक मालपोत र नापीलाई ‘घुसको अड्डा’ ठान्छन् । बिग्रँदै गरेको मालपोत र नापीको छविलाई सुधार्न, सुशासन कायम गर्न, भ्रष्टाचारमुक्त मालपोत र नापी घोषणा गर्न राष्ट्रिय अभियानमा छिन् अर्याल । त्यो अभियानबाट तेस्रो पक्षको प्रभावलाई कमजोर बनाएर लेखापढी व्यवसायीहरू मालपोत र नापी कार्यालयमा परिचयपत्रका साथ मात्रै प्रवेश गर्न पाउने व्यवस्था सुरु भएको छ ।

कमैया मुक्तिको घोषणा गरेको वर्षौं बितिसकेको छ । तर, उनीहरुको पूनस्र्थापनाको मुद्दा अहिले पनि प्रभावकारी रुपमा सम्बोधन हुन सकेको छैन । मन्त्री अर्याल कमैया र हलिया समस्याको दीर्घकालीन समाधानको नीति बनाउन पनि उत्तिकै क्रियाशील छिन् ।

सरकारी जमिन अतिक्रमण रोक्न प्राधिकरण बनाएर गुठीलाई व्यवस्थित गर्ने र अतिक्रमित जग्गा तुरुन्त राज्यको मातहतमा ल्याउने उनको तयारी छ । यसका साथै जमिन खण्डिकरण गर्ने, घर–घडेरीको नाममा अनुत्पादक क्षेत्रमा भइरहेको जमिनको दुरुपयोग रोक्न रोक्न वैज्ञानिक भू–उपयोग नीतिको तयारी भइरहेको छ । जमिनको वर्गीकरणलाई व्यवस्थित गरी वर्गीकरणअनुसार मात्रै जमिनको उपयोग गर्ने तयारी मन्त्रालयको छ ।

सहकारीलाई व्यक्तिको प्रतिव्यक्ति आय बढाउने गरी परिचालन गर्ने उनको योजना छ । घोषणा गरिएका कार्यक्रम लक्षित वर्गसम्म नपुग्ने समस्यालाई सम्बोधन गर्न उनले सहकारीसम्बन्धि नयाँ नीतिको गृहकार्य गरिरहेकी छिन् । सहकारी ‘मर्ज’ गरी शक्तिलाई उत्पादन केन्द्र बनाउने योजना छ अर्यालको । यसका लागि सहकारीहरुलाई एकअर्कामा गाभिन प्रेरित गर्ने नीति उनले अघि सार्दैछिन् ।

यी बाहेक थुप्रै जनमूखी कामका निम्ति अहोरात्र खटिरहेकी मन्त्री अर्याल कम्तिमा महिनाको एकपटक आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा पुग्ने गरेकी छिन् । जिल्लाका विकास निर्माण, नागरिक समस्यामा सहकार्यदेखि नीतिगत समस्याको सम्बोधनमा उनको ध्यान पुग्ने गरेको छ ।

सरल स्वाभावकी अर्याल जनतामाझ पनि अत्यन्तै सरल रुपमा नै प्रस्तुत हुने गर्दछिन् । त्यसैले उनी बच्चादेखि वृद्धासम्म सबैमाझ प्रिय छिन् । मन्त्री अर्याल विकास, जनसेवा र नीतिगत सुधारका दृष्टिले ‘रोलमोडल’ नेतृ बन्न सकुन्, हार्दिक शुभकामना !

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्