बिहेअघि नै प्रेग्नेन्ट थिइन् कोंकणा

Kankana Sen
लाेकपाटी न्यूज

एजेन्सी । बलिउडकी दमदार अभिनेत्री कोंकणा सेनको आज ३९ औं जन्मदिन हो । उनले सन् १९८३ मा बाल कलाकारको रुपमा बंगाली फिल्म ‘इंदिरा’बाट अभियनमा डेब्यू गरिन् । यद्यपी उनले अभिनेत्रीको रुपमा चर्चित अंग्रेजी फिल्म ‘मिस्टर एंड मिसेज अैयर’बाट भएको थियो ।

‘मिस्टर एंड मिसेज अैयर’ फिल्मबाट उनले राष्ट्रिय पुरस्कार समेत पाएकी थिइन् । यतिमात्र होइन सन् २००५ मा कोंकणाले मधुर भंडारकरको फिल्म ‘पेज ३’मा एक पत्रकारको भूमिका निभाएकी थिइन् । यस फिल्मले नेशनल अवार्ड पाएको थियो ।

अब कुरा गरौं कोंकणा सेनको वास्तविक जीवनको । उनी वास्तविक जीवनमा साधारण छिन् । उनी पर्दामा जीवन्त अभिनय गर्छिन् । कोंकणाले सन् २०१० को सेप्टेम्बरमा प्रेमी रणवीर शोरेसँग एक प्राइभेट सेरेमनीमा विवाह गरेकी थिइन् ।

खबरलाई मान्ने हो भने उनी विवाहअगावै आमा बनेकी थिइन् । यसकारण उनले गुपचुप विवाह गरेकी थिइन् । बिहेको केही समयमै दुवै माता-पिता बन्ने खबर बाहिर आएको थियो । सन् २०११ को मार्च १५ मा कोंकणाले छोरालाई जन्म दिएकी थिइन् । जब उनीहरुको विवाह सेप्टेम्बर २०१० मा भएको थियो ।

तर, विवाहको पाँच वर्षमै उनीहरुको सम्बन्धमा खटपट आयो । उनीहरु एकअर्कासँग अलग्गिए । कोंकणा चर्चित पत्रकार मुकुल शर्माकी छोरी हुन् ।