सार्क नेतृत्वले कोरोनाको महामारीविरुद्द बलियो रणनीती बनाउँछ :मोदी

Narendra-Modi
लोकपाटी न्यूज

काठमाडौं, ३० फागुन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्कको नेतृत्वले कोरोना भाइरसको महामारीसँग जुध्न साझा रणनिती बनाउनुपर्ने प्रस्ताव गरेका छन्। शुक्रबार ट्वीट गर्दै मोदीले दक्षिण एसियामा विश्वको ठूलो जनसंख्या बस्ने भएकाले यहाँका नागरिकलाई स्वस्थ राख्न कुनै कसर पनि बाँकी राख्न नहुने बताएका छन्।

उनले सार्कका सदस्य राष्ट्रका प्रमुखहरुले भिडियो कन्फ्रेसिङमार्फत यस क्षेत्रका नागरिकहरुलाई स्वस्थ राख्न उपायहरुबारे छलफल गर्न सकिने प्रस्ताव पनि ट्विटमा उल्लेख गरेका छन्। उनले लेखेका छन, ‘कोरोना भाइरसविरूद्ध लड्नका लागि सार्क मुलुकहरूले बलियो रणनीति बनाउनु पर्ने मेरो प्रस्ताव छ। हामी भिडिओ कन्फरेन्सका माध्यमबाट हाम्रा नागरिकलाई स्वस्थ राख्नेबारे छलफल गर्न सक्छौं ।

सार्क सदस्य राष्ट्रहरुले साथसाथै विश्वकै लागि एउटा उदाहरण पेस गर्नसक्ने र स्वस्थ पृथ्वी निर्माण गर्न योगदान दिनसक्ने पनि प्रधानमन्त्री मोदीले ट्विटमा उल्लेख गरेका छन् ।

 

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्