हतियार सहित तीन भारतिय पक्राउ

arrest-arrest
लोकपाटी न्यूज

काठमाडौं, ३० फागुन। विवाहमा आएका तीन जना भारतिय नागरिक पक्राउ परेका छन । बब्लु मण्डलको विवाहको विवाहका लागी आएका अनिहरु मोरङको सुनवर्षी नगरपालिका ८ बाट पक्राउ परेका इलाका प्रहरी कार्यालय रङ्गेलीले बताएको छ ।

पक्राउ पर्नेमा भारत अररियाका २१ वर्षीय अजयकुमार मण्डल, राकेशकुमार साह र १८ वर्षीय आनन्दकुमार मण्डल रहेको प्रहरी कार्यालयले जानकारी दियो । उनीहरुको साथबाट प्रहरीले एउटा कटुवा पेस्तोल, गोली र ‘अनटेस्ट’ मोटरसाइकल बरामद गरेको छ।

उनिहरु तीनैजनालाई स्थानीय एक होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा शंकास्पद गतिविधि गर्दै गरेको अवस्थामा पक्राउ गरिएको हो। पक्राउ परेका तीनै जना बब्लुको साथी भएको खुलेको प्रहरीले जनाएको छ।

उनीहरु विरुद्ध हातहतियार खरखजना मुद्दा चलाउन शुक्रबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्