दुई साता पछि सर्‍यो आईपिएल

लोकपाटी न्यूज

काठमाडौं, ३० फागुन। कोरोना भाइरसका कारण इन्डियन प्रिमियर लिग ( आईपीएल ) टी २० क्रिकेट दुई सात पछि सरेको छ । यसअघि आईपीएल मार्च २९ बाट शुरु हुने तय गरिएको थियो । तर अब उद्घाटन खेल १६ दिन पछि अप्रिल १५ मा हुनेछ ।

आईपिएल तोकिएकै समयमा गर्ने वा पछि सार्ने भन्ने बहसका बिच यस्तो निर्णय गरिएको हो ।
भारत सरकारले १५ अप्रिलसम्म विदेशीलाई भारत प्रवेशमा रोक लगाएको थियो जसका कारण विदेशी खेलाडीले आईपिएल खेल्न नपाउने भएका थिए । आईपिएल सरेसँगै विदेशी खेलाडीले पनि खेल्न पाउने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्