बिहेपछि किन पलले गरे आँचललाई अनफलो ?

लाेकपाटी न्यूज

काठमाडौं, ३० फागुन। नेपाली फिल्म जगतमा लामो समयसम्म नायक पल शाह र नायिका आँचल शर्मा प्रेममा रहेको चर्चा चलिरह्यो। यो जोडीलाई दर्शकले रुचाए। म्युजिक भिडियोमा हिट भए पनि पल र आँचलले एकसाथ अभिनय गरेका फिल्मले भने खासै व्यापार गर्न सकेनन्।

यी दुईको भेट ‘नाइँ नभन्नू ल ४’ को अडिसनका क्रममा भएको थियो। फिल्म वृत्तमा चर्चा चलिरह्यो, पल र आँचल प्रेममा छन्। फ्यानलाई पनि यही लागेको थियो। तर, यी दुईले आफ्नो प्रेमको हल्लाबारे कहिल्यै स्वीकार गरेनन्।सामाजिक सञ्जालमा इन्स्टाग्राममा पलले आँचललाई फलो गरेका थिए। आँचलको इङ्गेजमेन्टको समयसम्म पनि यी दुईले एकले अर्कालाई फलो गरेका थिए। रमाइलो कुरा त पलले जम्मा १० जनालाई फलो गरेका थिए। तीमध्ये एक थिइन् आँचल शर्मा।

बिहीबार फागुन २९ गते आँचल शर्माले डाक्टर उदिप श्रेष्ठसँग बिहे गरे। धुमधामका साथ आँचल र उदिपको बिहे भयो। यता इन्स्टाग्राममा भने पलले आँचललाई अनफलो गरेका छन्। पललाई इन्स्टामा १ लाख ५० हजारले पछ्याएका छन्।

पलले मात्र आँचललाई अनफलो गरेका होइनन्। आँचलले पनि पललाई अनफलो गरेकी छिन्। जबकि, आँचलले पललाई फिल्म क्षेत्रको सबैभन्दा राम्रो साथी भएको भन्दै तारिफ गर्दै आएकी थिइन्। पछिल्लो समय आँचल शर्मा र पल शाहले पनि एकसाथ काम पनि गरेका छैनन्। किन एकले अर्कालाई अनफलो गर्न बाध्य भए।

paul-follow-list

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्