मोदीको प्रस्ताव प्रधानमन्त्री ओलीद्वारा स्वागत

Pm_Kp_Oli_office
लोकपाटी न्यूज

काठमाडौं, ३० फागुन। अस्पतालको शैय्यामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको लडाइँमा सार्क सदस्य राष्ट्रसँगै मिलेर अघि बढ्ने मोदीको प्रस्तावलाई स्वागत गरेका छन । उनले मोदीको ट्वीटको जवाफ दिदै कोरोना भाइरससँग जुध्न सशक्त रणनीतिका लागि सार्क सदस्यहरुबीच सहकार्य गर्न तयार रहेको बताएका हुन ।
नेपाल सरकार सार्क सदस्य राष्ट्रहरुबीच सहकार्य गर्दै यो खतरनाक रोगबाट नागरिकहरुको रक्षा गर्न तयार गरेको पनि प्रधानमन्त्री ओलीले जानकारी दिएका छन्।

यसअघि शुक्रबार नै भारतीय प्रधानमन्त्री मोदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ( सार्क ) को नेतृत्वमा कोरोना भाइरसविरुद्ध लड्न बलियो रणनीति बनाएर अघि बढ्न आह्वान गरेका थिए । मोदीको प्रस्तावमा माल्दिभ्स, श्रील‌ंकाले पनि समर्थन जनाएका छन् ।

Capture