प्रधानमन्त्री ओली आजै डिस्चार्ज हुँदै

PM_KP_TU
लोकपाटी न्यूज

काठमाडौं, ३० फागुन। मिर्गौला प्रत्यारोपण गरेर शिक्षण अस्पतालमा उपचाररत प्रधामन्त्री केपी शर्मा ओलीलाई आज (शुक्रबार ) अस्पतालबाट डिस्चार्ज गरिने भएको छ। हालसम्म प्रधानमन्त्री ओलीको पूर्णस्वास्थ्य लाभपछि आज साँझ डिस्चार्ज गर्न लागिएको अस्पतालले जनाएको छ।

अस्पतालका कार्यकारी निर्देशक प्रा।डा प्रेमकृष्ण खड्गाले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको आज दशौँ दिन पूर्ण स्वास्थ्य लाभ भएपछि डिस्चार्ज गर्न लागिएको जानकारी दिए।

प्रधानमन्त्री ओलीको १० दिनअघि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन्।