श्रृङ्खला र निर्मला तुलना नगरौं : करिश्मा मानन्धर

karishma manandhar
लाेकपाटी न्यूज

काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा दुई वटा अभियान चलिरहेको छ । सामाजिक सञ्जालमा नेपालीहरु २ धारमा बाँडिएका छन् ।

पहिलो, बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय देऊ । सरकार भेटियो, न्याय भेटिएन । अर्को, विश्व सुन्दरी प्रतियोगीतमा नेपालबाट प्रतिनिधित्व गरिरहेकी अर्का श्रृङ्खला खतिवडालाई भोट गरौं ।

निर्मला र श्रृखंलाको यो अभिनयालाई जोडेर विभिन्न खाले टिकाटिप्पणी भइरहेका छन् । तर, नयाँ शक्तिकी सदस्य समेत रहेकी अभिनेत्री करिश्मा मानन्धरले यसबारे आफ्नो धारणा सार्वजनिक गरेकी छिन् ।

निर्मला र श्रृङ्खलाको अभियानलाई एकै ठाउँमा राखेर जोड्दा आफूलाई चित्त नबुझेको करिश्माको भनाइ छ । शनिबार सम्पन्न कामना अवार्डमा सहभागी हुने क्रममा करिश्माले भनिन्, ‘सामाजिक सञ्जालमा श्रृङ्खला र निर्मला पन्तको कुरा जोडेको देखें । यी दुई कुरा अलग अलग हो । एउटा न्यायको लागि लडिरहेको छ भने अर्को सफलता प्राप्तिका लागि ।’

उनले थपिन्, ‘नेपालको नाम र इज्जतका लागि लडिरहेको छ । श्रृङ्खला त्यही दौडमा छन् । निर्मलाका आफन्त यसको खोजीमा छन् । यो फरक प्रसङ् हो । यसलाई तुलना गर्नै मिल्दैन ।’

उनले भनिन्, ‘हामीलाई निर्मलाले न्याय पाएको पनि हेर्न मन छ । श्रृङ्खलाले मिस वल्र्ड जितेको हेर्न पनि मन छ । यसलाई तुलना नगर्नका लागि म सम्पूर्ण नेपालीहरुलाई अनुरोध गर्दछु ।’