स्पेनमा संकटकाल घोषणा

spen pic
लाेकपाटी न्यूज

काठमाडौं, ३० फागुन। स्पेनले संकटकाल घोषणा गरेको छ। कोरोना भाइरसको महामारी फैलिएपछि स्पेनले संकटकाल घोषणा गरेको हो।

प्रधानमन्त्री पेड्रो साञ्चेजले संकटकाल घोषणा गरेका हुन्। उनले शनिबार दिउँसो क्याबिनेट बैठक बसेर १५ दिनका लागि संकटकालको निर्णय हुने बताए। स्पेनमा कोरोनाबाट १ सय २० जनाको ज्यान गइसकेको छ। संक्रमित हुनेको संख्या ४ हजार २ सय नाघेको छ।

संकटकालीन अवस्थामा सरकारदले नागरिक र वाहनको आवतजावतमा रोक लगाउन, कारखाना, व्यवसाय बन्द गर्न र आधारभूत आवश्यकताका सामग्री खटनपटन गर्न सक्छ। स्पेन इटलीपछि युरोपको सबैभन्दा बढी प्रभावित मुलुक हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्