कृषि विकास बैंक र फोन-पेबीच सम्झौता

लोकपाटी न्यूज

काठमाडौं। कृषि विकास बैंक र फोन-पे सर्भिसबीच सम्झौता भएको छ। सम्झौतासँगै फोन-पेका सम्पूर्ण सेवा कृषि विकास बैंकको मोबाइल बैंकिङमार्फत लिन सकिने भएको छ।

बैंकले बजारमा मर्चेन्ट विस्तार गर्ने र ग्राहकले आफ्नो मोबाइल बैंकिङमार्फत विभिन्न प्रकारका किनमेल तथा भुक्तानी गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ। सम्झौतापत्रमा फोन-पेका तर्फबाट एफ वान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल र बैंकका सिइओ अनिलकुमार उपाध्यायले हस्ताक्षर गरे।

विद्युतीय माध्यमबाट भुक्तानी गर्दा बैंकमा खाता भएका ग्राहकहरुले निश्चित रकम छुट सुविधा पाउने बैंकका डिजिटल बैंकिङ विभागका विभागीय प्रमुख वासु अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्