लैंगिक, सामाजिक समावेशिताको मूल प्रवाहीकरणमा जोड

kuki- pid
लोकपाटी न्यूज

काठमाडौं। काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशक भोज विक्रम थापाले निर्माण व्यवसायी तथा डिजाईन सुपर भिजन कन्सल्टेन्टलाई निर्देशनालयसँग समन्वय गरी आयोजनाका कार्यहरूमा लैंगिक समानता तथा सामाजिक सहभागिताको मूल प्रवाहीकरण गर्न निर्देशन दिएका छन्।

काठमाडौंमा भएको मेलम्ची आयोजना अन्तर्गत निर्माणमा संलग्न निर्माण व्यवसायीहरू, डिजाइन सुपर भिजन कन्सल्टेन्ट र इन्जिनियरहरूको लैंगिक समानता तथा समावेशी सम्बन्धी कार्यशालामा उनले यस्तो निर्देशन दिएका हुन।

कार्यक्रममा समाजशास्त्री विद्या भण्डारी र प्रमिला अधिकारी न्यौपानेले समान कामका लागि समान ज्याला हुनुपर्ने, काम गर्न पाउने अधिकारको रक्षा हुनुपर्ने, पेसागत स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड परिपालना हुनुपर्नेमा जोड दिएका थिए।

नेपालमा श्रम ऐन तथा श्रमसम्बन्धी नियमहरू, लैंगिक समानता तथा सामाजिक समावेशिता कार्य योजना तथा नेपाल सरकारको लैंगिक समानता तथा सामाजिक समावेशी नियममाथि छलफल गर्ने उद्देश्यसहित कार्यशालाको आयोजना गरिएको थियो। कार्यशाला काठमाडौं उपत्यकाका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयले गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्