इरानमा कोरोना संक्रमणबाट पाँच सय बढीको मृत्यु

corona
लोकपाटी न्यूज

काठमाडौं। इरानमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या पाँच सय नाघेको छ। इरानी स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार ज्यान गुमाउनेको संख्या ५ सय १४ पुगेको हो। बिहीबारसम्म ४ सय २९ रहेकोमा बढेर सो संख्या नाघेको हो।

त्यस्तै संक्रमितको संख्या ११ हजार ३ सय ६४ पुगेको छ जसमध्ये तीन हजार ५ सय २९ जना निको भएर घर फर्किएको छन्। कोरोनाको सम्भावना देखिएकाे इरानका सर्वोच्च नेता प्रमुख सल्लाहकार अली अकबर बेलायतीलाई आफ्नो निवासमा अलग राखिएको छ।

मध्यपूर्वी देशमध्ये इरानमा कोरोनाको संक्रमण सबैभन्दा बढी देखिएको छ। इरानमा मन्त्री, सांसद र स्वास्थ्य अधिकारीसहित २५ जना विशिष्ट व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिएको छ।

इजरायलमा १४३ जनामा सङ्क्रमण पुष्टि भएको छ भने साउदी अरबमा ८६ जनामा कोरोनाको संक्रमण भएको साउदी अरबका कुल बिरामीमध्ये १४ जना इजिष्ट नागरिक भएको जनाएको छ। कुवेतमा कुल सय जना बिरामी भएका छन्।

लेवनानमा थप ६ सहित कुल ७७ जना बिरामी भएका छन्। मध्यपूर्वका अन्य देशमा पनि संक्रमित भए पनि संख्या भने थोरै छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्