प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता

Oli_Prachanda
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन्। शनिबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री एवं अध्यक्ष ओलीको स्वास्थ्यस्थितिबारे प्रचण्डले जानकारी लिएको नेकपा सचिवालयले जानकारी दिएको छ।

सो क्रममा अध्यक्ष प्रचण्डले मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकोमा प्रधानमन्त्रीलाई बधाई दिए। उनले प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे। प्रचण्डले समसामयिक राजनीतिक गतिविधिका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए।

६९ वर्षको उमेरमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली शुक्रबार साँझ अस्पतालबाट सरकारी निवास बालुवाटार फर्केका छन्। उनी फागुन १९ गते अस्पताल भर्ना भएका थिए। उनको फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्